नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।
काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुन पार्टी कस्तो भन्ने परीक्षण आवधिक निर्वाचनले गर्ने भन्दै थप चिन्ता नगर्न अन्य दलका नेता कार्यकर्तालाई सुझाउनु भएको छ । एमाले आवधिक निर्वाचनबाट परीक्षणका लागि हरदम तयार रहेको उदघोष पनि महासचिव पोखरेलले गर्नुभएको छ ।
पार्टी कार्यालयको भवनका लागि जग्गा दान र शिलान्यासको विषयलाई संकेत गर्दै महासचिव पोखरेलले राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्ने भएकाले अरुको चिन्ता नगर्न आग्रह गर्नुभयो । ‘जनता के चाहन्छन ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाहा छ,’ महासचिव पोखरेललेभ न्नुभएको छ । यस्तै उहाँले एमालेको बारेमा चिन्ता गरेर समय खेर नफाल्न बिपक्षी दलका नेता कार्यकर्तालाई सुझाउनु भएको छ ।
‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन। राजनीति गर्नेहरुले आ(आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि। एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिनु न,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।
जनता के चाहन्छन ? र राष्ट्रको आवश्यकता के हो रु एमालेलाई राम्ररी थाहा भएको पोखरेलको भनाई छ। एमाले अहिले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको पनि महासचिव पोखरेलको भनाई छ ।
‘जनता के चाहन्छन ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाहा छ। त्यही भएर नै नेकपा एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ। कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा एमाले० हरदम तयार छ,’ महासचिव पोखरेलले भन्नुभएको छ ।
पोखरेलको भनाई जस्ताको तस्तै
यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा एमालेको भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।
नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।
जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ । तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा एमाले हरदम तयार छ ।
प्रतिक्रिया दिनुहोस्