जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् । उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ ।
काठमाडौं, कात्तिक ८ । रास्वपाका सभापति रबि लामिछानेले सहकारी ठगीमा फरार रहेका गोर्खा मिडियामा अध्यक्ष जिबी राईसँग टेलिभिजनमा साझेदारीअघिबाटै असुली गर्दै आएको खुलासा भएको छ । रबि लामिछानेको बिषयमा लामो समयदेखि अनुसन्धान गर्दै आउनु भएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठले रबिले जिबीसँग लगातार असुली गर्दै आएको तथ्य बाहिर ल्याउनु भएको हो ।
जनआस्थाका प्रमुख पत्रकार श्रेष्ठले प्रेस काउन्सिलको अध्यक्ष रहेको बेला रबिको बिषयमा थुप्रै बदमासी बाहिर ल्याउनु भएको थियो । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका संस्थापन रहनुभएका श्रेष्ठले जिबी राईको तर्फबाट प्राप्त मेलसमेत सार्वजनिक गर्दै रबिले लगातार असुली गरेको र फरार रहेपछि पनि असुलीको काम जारी राखेको तथ्य बाहिर ल्याउनु भएको हो । पत्रकार श्रेष्ठले खुलासा गरेअनुसार ठगीमा पक्राउ परेका लामिछानेकै कारण आफू फरार हुनुपरेको र उनले अझै रकम लिइरहेको छन ।
‘लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे,’ जिबीको भनाई उधृत गर्दै पत्रकार श्रेष्ठले खुलासा गर्नुभएको छ । उहाँले बिहीवार बिहान पहिलो पटक फेसबुकमार्फत जिबीले आफूलाई मेल पठाएको खुलासा गर्नुभएको थियो ।
यसैगरी जिबीले न्यूज २४ मा रहँदा नै रबिले आफूलाई धम्की दिएर २ करोड असुली गरेको तथ्यसमेत खालेको पत्रकार श्रेष्ठले खुलासा गर्नुभएको छ । फरार जिबीका मित्रसमेत रहनुभएका पत्रकार श्रेष्ठले जिबीले पठाएको मेल सार्वजनि गर्दै भन्नुभएको छ, ‘शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।’
शुरुमा मिडियामा लगानी गर्नुअगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस, हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।
यस्तो छ किशोरले बाहिर ल्याउनु भएको जिबि राई मेल
नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,
अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ ।
म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।
अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो । लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।
शुरुमा मिडियामा लगानी गर्नुअगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस, हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।
केहीपछि तपाईंलाई गार्हो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे ।
जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।
उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ ।
जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन । उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन,तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे ।
अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस् । उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।
प्रतिक्रिया दिनुहोस्