काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको काममा कांग्रेस सन्तुष्ट नै रहेको र सरकारले राम्रो काम गरेको प्रष्ट पार्नुभएको छ ।
सत्ता गठबन्धन प्रमुख घटक कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामलाई नराम्रो भन्ने आरोप स्वीकार गर्न नसकिने प्रष्ट मान्यता पनि सुनाउनु भएको छ । नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कात्तिक ७ गते सय दिन पूरा गरेको छ । ओली सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले बताउनु भयो ।
‘सबै किसिमबाट सरकारले गति लिएको छ । हनिमुन डेजमा सरकारले राम्रो काम गरेको छ,’ सभापति देउवाले भन्नुभयो । सबै किसिमबाट सरकारले गति लिएको भन्दै उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताउनु भयो । उहाँले कांग्रेस र एमाले गठबन्धन कसैले भत्काउन नसक्ने र आगामी निर्वाचनसम्म सरकारलाई निरन्तरता दिने कुरामा कुनै दुविधा नरहेको पनि प्रष्ट पार्नुभयो । वर्तमान सरकार पूरा कार्यकाल जाने र ओली २ वर्ष प्रधानमन्त्री बनिसकेपछि बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने देउवाले बताउनु भयो ।
कांग्रेस र कांग्रेस सहकार्यमा कुनै समस्या छैन । दुविधा पनि छैन । ओली सरकारको कार्यकाल २ बर्ष पूरा भएपछिको बाँकी डेढ वर्ष सरकारको नेतृत्व म गर्छु । हामीबीच यो कुरामा कुनै भ्रम छैन,’ सभापति देउवाले भन्नुभयो । उहाँले सरकारको सय दिनलाई नराम्रो भन्नेहरुको नियत नै खराव रहेको पनि बताउनु भयो । ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि ! राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ,’ देउवाले भन्नुभयो ।
बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन
उहाँले मुलुकमा पछिल्लो समय आएको बिपतको घटनामा समेत सरकारले निकै राम्रो काम गरेको बताउनु भयो । ‘बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन,’ सभापति देउवाले भन्नुभयो ।
उहाँले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक नै रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्