जनता टाइम्स

१० कार्तिक २०८१, शनिबार २२:०५

भ्रष्टाचारको आहालमा चुर्लुम्म डुवेका प्रचण्ड पनि भ्रष्टाचारको विरोधमा भन्दा हाँसो उठछ : बाबुराम भट्टराई


काठमाडौं, कात्तिक १० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्ड पनि भ्रष्टाचारको विरोधमा भन्दा हाँसो आफूलाई हाँसो उठेको बताउनु भएको छ ।

लडाकू घोटालादेखि अहिलेसम्म भ्रष्टाचारबाहेक अरु काम नगरेको तथ्य सुनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो निश्कर्ष सुनाउनु भएको हो । ‘मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजी पनि भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठछ । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गरे पनि कुनै काम गर्नुभएन, बास्तवमा त्यो दावी झुटो हो,’ सम्पादकहरुसँगको छलफलमा प्रचण्डले गरेको भ्रष्टाचारको फेहरिस्त आफूसँग रहेको भन्दै भट्टराईले भन्नुभयो ।

उहाँले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको आरोप लगाउनु भयो । दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उहाँको भनाइ थियो । उहाँले भ्रष्टाचार महारोगको रूपमा रहेको तर दलहरूले आफ्नालाई जोगाउने र अर्कालाई हान्नेबाहेक अरू केही नगरेको आरोप लगाउनु भयो ।

मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजी पनि भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठछ । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गरे पनि कुनै काम गर्नुभएन, बास्तवमा त्यो दावी झुटो हो

‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ । अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ । आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे । भ्रष्टाचारको फोहोरको जुन आहाल छ, त्यसलाई सम्म्याउन पहल नै गरेनन,’ भट्टराईको भनाई थियो ।

भट्टराईले रास्वपालगायतका नयाँ भनिने केही दलहरूले विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको र गलत कामलाई नै प्रोत्साहन गरेको बताउनु भयो ।