जनता टाइम्स

१२ कार्तिक २०८१, सोमबार १४:४४

पार्वत गुरुङको आक्रोश : अरुको अपराधबिरुद्ध चुईक्का नबोल्ने, पार्टीबिरुद्ध चाँहि आलोचनात्मक चेत भन्दै फेसबुकमा कुर्लने ?


काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले पार्टी निर्णयबिपरित जाने जुनसुकै तहका नेता भएपनि कार्वाहीको भागिदार बन्नैपर्ने बताउनु भएको छ । एमाले केन्द्रीय कार्यालय भवन निर्माणदेखि आगामी मंसीर १६ गते हुन गइरहेको उपनिर्वाचनको बिषयमा दोलखाका नेता–कार्यकर्ता भेलामा नेता गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

पछिल्लो समय एमालेमा पार्टीको संस्थागत निर्णयभन्दा आफ्नो ब्यक्तिगत फाइदा हेर्ने महारोग देखिएको भन्दै दोलखा इञ्चार्जसमेत रहनुभएका एमाले पोलिटब्यूरो सदस्य गुरुङले अव एमाले अनुशासनहीनता र अवसरवादी चरित्रप्रति कठोर बन्ने बताउनु भयो ।

‘पार्टी केन्द्रीय कार्यालय भवन बनाउने कुरा होस कि उम्मेदवार उठाउने कुरा होस, स्थायी कमिटीका नेता हुन कि वडा कमिटीका नेता हुन । अव पार्टीको संस्थागत निर्णयबिरुद्ध जाने काम भए कार्वाहीको भागिदार हुन्छन । म फलानो तहको नेता हुँ भनेर कसैलाई पनि अनुशासनहीन काम गर्न छुट छैन,’ पूर्वसञ्चारमन्त्री समेत रहनुभएका नेता गुरुङले भन्नुभयो । उहाँले अनुशासनहीन कार्यलाई अव छुट नदिने कठोर निर्णयमा पार्टी पुगेको जानकारी पनि नेता गुरुङले दिनुभयो ।

‘पार्टी निर्णय नमान्ने, जे पायो त्यही गर्दै हिडने, सामाजिक सञ्जालमा नेतृत्वबिरुद्ध बिषबमन गर्ने र निर्वाचनमा मबाहेक अरुलाई टिकट भए बिद्रोह गर्छु भन्दै माओवादीदेखि अरु पार्टीसँग साँठगाँठ गर्नेहरुलाई अव एमालेको कुनै ठाउँ छैन । निर्ममताका साथ कार्वाही हुन्छ,’ नेता गुरुङले भन्नुभयो । उहाँले झण्डै ३० बर्ष एकलौटी शासन गरेका माधव नेपाल र झलनाथ खनालले अवसरवादी चरित्र देखाएर पार्टी छाडदासमेत एमाले झनै बलियो बनेर आएको भन्दै दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकताबिरुद्ध अव पार्टी कठोर बनेको बताउनु भयो ।

पार्टी कार्यालय बनाइ दिने बिसुद्ध भावनालाई बिवादमा पार्ने ? लुकेर चन्दा लिन हुने ? खुलेयाम बनाइ दिन्छु भन्दा बिरोध गर्ने ? एमालेले माओवादीको पेरिसडाँडा जस्तो लुटेर कब्जा गरेको हो र ? ब्यक्तिको घर हडपेर बसेको बिषयमा चुइक्क नबोल्ने ? चितवनको ब्यापारीले बनाइदिएको कांग्रेसको भवनबारे नबोल्ने अनि पारदर्सी रुपमा एमालेको केन्द्रीय कार्यालय बनाइ दिन्छु भनेर सवै प्रष्ट हुँदाहुँदै पनि मनपरी बोल्दै बिरोध गर्ने ?

‘म नै पार्टी हुँ भन्ने माधव नेपाल, झलनाथ खनालदेखि बामदेव गौतमसम्मले पार्टी छाडेर बिरोधीको सेवा गर्दा त एमाले सकिएन, केपी ओलीको नेतृत्वसहित पार्टी नेताहरुको सुझबुझपुर्ण अडान र निर्णयले झनै बलियो बन्यो,’ गुरुङले भन्नुभयो, ‘अवसरवादी चरित्रलाई झाँगिएर क्यान्सरको अन्तिम स्टेजमा पुग्न दिनुभन्दा बेलैमा उपचार गरेर काटेर फाल्नुपर्छ भन्ने कुरामा पार्टी प्रष्ट भइसकेको छ,’ पूर्वसञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

नेता गुरुङले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमिस्सिना र पूर्वउपाध्यक्ष भीम रावलले पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णयबिरुद्ध लागेर बिपक्षीको गोटी बनेको कारण स्पष्टिकरण सोधेको र समाजसेवी मीनबहादुर गुरुङले मनकारी भावनाका साथ सहयोग गरेको बिषयमा कोही पनि भ्रममा पर्न नहुने बताउनु भयो ।

‘एक भोटले पनि चुनाव जीत हार हन्छ । त्यो थाह छ । तर पार्टीलाइृ सक्छु भनेर अरुसँग मिलेर कसैले षडयन्त्र गरेर लाग्छ भने केही क्षती त होला तर पार्टी सकिन्न,’ गुरुङले भन्नुभयो । उहाँले मंसीर १६ हुनलागेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको निर्वाचनमा पार्टीका जुनसुकै तहका नेतादेखि कार्यकर्तासम्म जो कोहीले बेइमानी गरे पार्टीबाट सदाका लागि बाइबाई गरिदिने घोषणा पनि गर्नुभयो ।

‘अव कुनै मोलाहिजा गरिन्न, चुनावमा बिपक्षीसँग मिल्ने, पार्टीबिरुद्ध लाग्ने, पार्टी निर्णयबिरुद्ध लाग्नेहरुलाई छुट दिइन्न, यो प्रष्ट भए हुन्छ,’ गुरुङले भन्नुभयो । शहीद कुलबहादुर तामाङको भूमि गौरीशंकर गाउँपालिकामा उहाँको बलिदान खेर जान नदिने अठोट पनि गर्नुभयो ।

‘पार्टी कार्यालय बनाइ दिने बिसुद्ध भावनालाई बिवादमा पार्ने ? लुकेर चन्दा लिन हुने ? खुलेयाम बनाइ दिन्छु भन्दा बिरोध गर्ने ? एमालेले माओवादीको पेरिसडाँडा जस्तो लुटेर कब्जा गरेको हो र ? ब्यक्तिको घर हडपेर बसेको बिषयमा चुइक्क नबोल्ने ? चितवनको ब्यापारीले बनाइदिएको कांग्रेसको भवनबारे नबोल्ने अनि पारदर्सी रुपमा एमालेको केन्द्रीय कार्यालय बनाइ दिन्छु भनेर सवै प्रष्ट हुँदाहुँदै पनि मनपरी बोल्दै बिरोध गर्ने ? भाटभटेनीका सञ्चालकले एमाले पार्टी कार्यालय बनाइ दिन्छु भनेर सार्वजनिक नै गर्नुभयो । त्यो माहान बिचारलाई हामी त सय सय रुपैया उठाएर पार्टी जोगाएको, आलोचनात्मक चेत रे भन्दै फेसबुकमा कुर्लने काम गर्न मिल्छ ?,’ पोलिटब्यूरो सदस्य गुरुङको प्रश्न थियो ।

उहाँले अगाडि थप्नुभयो, ‘अरुले हाकाहाकी गरेको सवै अपराधमा चुप बस्ने, पार्टीको चाँहि राम्रो कामलाई पनि साथ नदिएर आलोचनात्मक चेत भन्दै फेसबुकमा कुर्लने, नेतृत्वबिरुद्ध बिषबमन गर्ने त्यस्ता तथाकथित नेतालाई स्पष्टिकरण नसोधेर कस्लाई सोध्ने त ?,’ उहाँले पार्टीको निर्णयको बिरुद्धमा जानाजान जानेहरुबिरुद्ध एमालेका सवै नेता कार्यकर्ता एकजुट बनेर प्रतिवाद गर्न जरुरी रहेको धारणा पनि राख्नुभयो ।

केन्द्रीय कार्यालय निर्माणको नाममा खडा गरिएको बिवाद बिरोधी पोस्ने र पार्टीभित्र आगो झोसेर कमजोर बनाउने ग्य्राण्डडिजाइनअनुसार भएकोले कार्वाही गर्न लागिएको पनि गुरुङले प्रष्ट पार्नुभयो । एमालेमा गलत कामको पक्षपोषन गर्न नपर्ने तर सत्यलाई साथ नदिनेहरु अव रहन नसक्ने उहाँको निश्कर्ष छ ।