जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार १३:४९

सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री ओलीको पहिलो पटक स्वास्थ्य परीक्षण, चिकित्सकले दिए यस्तो सुझाव


काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको छ । सिंगापुरमा उपचार गराएर नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले शुक्रवार पहिलो पटक ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि शुक्रबार विहान ९ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुग्नुभएको थियो । दिनभर स्वास्थ्य परीक्षण गराई साँझनिवास फर्कनुभएको हो । प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो । सोही उपचारको फलोअपका ग्राण्डी अस्पतालमा गरिएको हो ।

चिकित्सकहरुले धेरैधपेडी नगर्न सुझाव दिएका छन । प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केदेखि नै नियमित १८ घण्टासम्म काम गरिरहनुभएकोले अलिक धपेडी भएकोचिकित्सको बुझाइ छ ।