जनता टाइम्स

१७ कार्तिक २०८१, शनिबार १३:३८

यता रबि परे फन्दा, अव के होला उता बाल्टिमोरतिर बिश्वासपात्र मोहनको असुली धन्दा ?


काठमाडौं, कात्तिक १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकपछि अर्काे काण्डमा परेर जेलको यात्रातिर लाग्दै गर्दा अमेरिकाको बाल्टिमोरतिर छटपटी शुरु भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रबिको असुली बिभाग सम्हाल्नु भएका रास्वपा कन्द्रीय सदस्य मोहनजंग थापा अव कसरी आपराधिक धन्दा लुकाउने भनेर हारगुहारसति छटपटिन थाल्नुभएको हो । रबि उपप्रधान तथा गृहमन्त्री हुँदा मोहन काठमाडौं आएर प्रहरीको सरुवा बढुवामा असुलीको काम गरेको तथ्य जनताटाइम्स डटकमले सोहीबेला उजागर गरेको थियो ।

प्रहरीको बढुवा र आकर्षक स्थानमा सरुवाका लागि मोहनले दरवारमार्ग र नक्सालतिरको होटलमा डिल गरेको सूचना त्यसबेला सार्वजनिक भएको थियो । रबि पदमा रहँदासम्म नेपाल र पद गुमेपछि अमेरिका हानिने मोहन यतिबेला हुण्डीदेखि पूर्वश्रीमतीको नाममा पठाइएको अबैध रकमको कारण तनावमा परेको बाल्टिमोरस्थित उहाँकै एक मित्रले जनताटाइम्सलाई सुनाए । ‘म त साह्रै तनावमा छु, रबिको पछि लाग्दा कमाइ होला भनेको त बर्वाद पो हुने भइयो’ भन्दै मोहन मित्रहरुसँग डिप्रशन पोखिरहेको उनले सुनाए ।

मोहनका ती मित्रका अनुसार उनले नेपालमा रबिले आर्जन गरेको सवै रकम हुण्डीहुँदै अमेरिका भित्र्याउने र अमेरिकाबाट सहयोगका नाममा नेपालमा पठाउने खेती गर्दै आउनु भएको थियो । अहिले रबिलाई पक्राउ गरी हिरासतमा राखेर सहकारी ठगीको छानविन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनु भएका रबिविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ ।

सहकारी ठगीमा अनुसन्धान चलिरहँदा लामिछानेमाथि अर्को डरलाग्दो कसूरमा संलग्न रहेको तथ्य बाहिर आएको छ । रबिका व्यावसायिक साझेदार जिबी राईले रहस्य खोल्दै नेपालबाट हुण्डी गरेर रकम अमेरिका पठाएको खुलासा इमेलमार्फत गरेका छन । दोहोरो नागरिकता र पासपोर्ट काण्डमा पद गुमाएपछि भएको उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका मोहनजंग थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको तथ्य बाहिर आएको छ ।

लामिछाने पहिलो पटक गृहमन्त्री रहुञ्जेल पटक–पटक करिब १२ करोड मोहनलाई पठाएको पाइएको छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको उक्त आरोप पुष्टि हुने आधार देखिए हुण्डी कारोबारको अभियोगमा पनि लामिछाने अनुसन्धानमा तानिनु पर्ने अवस्था देखिएको छ अमेरिकामा लिलाम हुनै लागेको रविको घर निखन्न उक्त रकम प्रयोग भएको बाल्टिमोरका मोहनले नै बताएको अमेरिकातिर गाइगुई चलेको छ ।

जिबीको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको तथ्य रबिको नागरिकता, पासपोर्ट र बिना श्रमस्वीकृत काम गरेको बिषयमा अनुसन्धान गर्नुभएका पत्रकार तथा प्रेस काउन्सिल नेपालका तात्कालिन अध्यक्ष किशोर श्रेष्ठले गर्नुभएको छ । श्रेष्ठका अनुसार रबिले त्यो बेला आफ्नो लोकप्रियताको आडमा कानून तोडेको प्रमाण काउन्सिलमा सुरक्षित नै रहेको छ । रबिको केसले मोहन अहिले पुरानो कर्तुतसमेत उजागर हुने अवस्थामा पुगेका छन ।

म्याग्दीतिरका मोहन सन २००३ मा बाल्टिमोर जिल्ला अदालतले नक्कली आइडी कार्ड बनाउने धन्दा चलाएको अभियोगमा सजायँ सुनाएको पात्र हुन । २५ वर्षदेखि अमेरिकामा रहेका रास्वपा केन्द्रीय सदस्य रहेका उनीविरुद्ध ५० वटा भन्दा बढी मुद्दा चलेको छ । अधिकांश मुद्दामा दोषी ठहर भएका मोहनले अमेरिकामा फर्जी लाइसेन्स र परिचयपत्र बनाएको घटनामा अमेरिकाको एफबिआईले अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सोही अभियोगमा दोषी ठहर भई मोहन २ वर्षभन्दा बढी जेल बस्नुपरको थियो । त्यही बेला रबि र मोहनको दोस्ती रहेको हो ।

मोहनविरुद्ध अहिले पनि ६ वटा आपराधिक मुद्दा चलिरहेको छ । सन् १९९९ देखि २०२२ सम्म ५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । सन् २००२ अक्टोबरमा पक्राउ परी जेल पठाइँदा मेरिल्याण्ड एमभिए परिचयपत्र र सवारी लाइसेन्स ५ सय जनालाई बनाएको अभियोग लागेको थियो । मोहनले नै अहिले रबिको असुली बिभागको नेतृत्व गर्दै आउनु भएको छ ।

नेपालबाट पैसा बिदेश पठाउन लगाउने र बिदेशबाट नेपालमा सहयोग पठाइएको देखाएर कालो धनलाई सेतो बनाउँदै सोझा सिधा नेपालीलाई ठग्ने योजना रबि र मोहन बसेरै बनाएको घटनाक्रले पुष्टि गरेको छ । यस्तो कुरा बाहिर आएपछि मोहन तनावमा परेको उनका आफन्तकै बुझाइ छ । त्यसो त मोहनले नै रबिको सवै आर्थिक ब्यवस्थापन गर्ने गरेको पाइएको छ ।

मन्त्री बनाउन भन्दै डा. ढाकाकुमार श्रेष्ठसँग ३ करोड माग्ने पनि मोहन नै रहेको तथ्य यसअघि नै खुलिसकेको छ । पूर्वसांसद श्रेष्ठले मोहनकै कुरा मानेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि सांसद पद गुमाउनु पर्यो । श्रेष्ठले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने ब्यक्ति रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा नै रहेको तथ्य खोलिसक्नु भएको छ ।

तस्विरले पनि ठगी धन्दा पारिवारिक कामकै रुपमा बुझाउँछ । हेर्नाेस त यी तस्विरहरु