काठमाडौं, कात्तिक १९ । रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछाने योजना बनाएरै सहकारी ठगीको काममा लागेको खुलासा भएको छ । रबिको ठगी योजनामा रास्वपाकै उपाध्यक्ष तथा पूवमन्त्री डीपी अर्याल मुख्य सहयोगी रहेको तथ्य पनि फेला परेको छ ।
रबिलाई बिहेका लागि ५० लाख रुपैया ऋण दिने साई स्वागत सहकारीका अध्यक्ष भरत जंगमले सहकारी ठगीको तत्य खोल्दै यो खुलासा गर्नुभएको छ । रबिलाई बिश्वास गर्दा आफ्नो ५० लाख रुपैयाँ पनि डुवेको जंगमले बताउनु भएको छ । निकिता पौडेलसँग अफेयरमा रहेको बेला रबिले बिवाहका लागि ऋण मागेपछि ५० लाख रुपैया सहकारीमा राखेर रबिकै समुहको आग्रहमा सो सहकारीको अध्यक्ष बसेको तथ्य पनि उहाँले खोल्नुभएको छ ।
जंगमका अनुसार रबिले सुरुमा नुवाकोटतिरका रामहरि अधिकारीसहितको समुह परिचालन गरेर आफूसँग ५० लाख रुपैया माग गरेका थिए । पछि सहकारीमार्फत दिने बताएपछि उनीहरुले नै सहकारी खोजेर आफूलाई अध्यक्ष बस्न आग्रह गरी रबि उपाध्यक्ष बस्ने सहमति गरेको तर पछि रबिको सट्टा निकिता पौडेललाई राखेर ५० लाख ऋण लिएको जंगमको भनाई छ । ‘रबि लामिछानेले सहकारी ठग्न नटवरलाल ग्रुप नै परिचालन गरेका रहेछन । त्यो ग्रुप मकँहा पनि आइपुग्यो,’ जंगमले तथ्य खोल्दै भन्नुभएको छ, ‘त्यही समुहको भिक्टिम म पनि भएँ ।’
जंगमले अगाडि भन्नुभएको छ, ‘रबिजीलाई ५० लाख रुपैयाँको आवश्यकता पर्यो । रबिजीले नटवरलालको एउटा ग्रुपलाई समातेछन । मलाई ५० लाख ऋण खोजिदे, तलाई पनि सहयोग गरौंला भनेर । त्यो फटाह ग्रुपलाई रबिले परिचालन गरेपछि घुम्दै घुम्दै त्यो ग्रुप मकहाँ आइपुगेछ । रबिलाई आवश्यकता पर्यो भने रबि आउने कि तिमी आउने ? रबिलाई पनि म चिन्छु भनेपछि ए बुवा रबिलाई भेटाइ दिन्छु भनेर गयो । केही दिनपछि रबिलाई लिएर आएछ,’ जंगमले भन्नुभयो ।
रबिको सहकारी ठगीबारे जंगमको भनाई जस्ताको तस्तै
रबि लामिछानेले सहकारी ठग्न नटवरलाल ग्रुप नै परिचालन गरेका रहेछन । त्यो ग्रुप मकँहा पनि आइपुग्यो । त्यही समुहको भिक्टिम म पनि भएँ । रबिजीलाई ५० लाख रुपैयाँको आवश्यकता पर्यो । रबिजीले नटवरलालको एउटा ग्रुपलाई समातेछन । मलाई ५० लाख ऋण खोजिदे, तलाई पनि सहयोग गरौंला भनेर । त्यो फटाह ग्रुपलाई रबिले परिचालन गरेपछि घुम्दै घुम्दै त्यो ग्रुप मकहाँ आइपुगेछ ।
रबिलाई आवश्यकता पर्यो भने रबि आउने कि तिमी आउने ? रबिलाई पनि म चिन्छु भनेपछि ए बुवा रबिलाई भेटाइ दिन्छु भनेर गयो । केही दिनपछि रबिलाई लिएर आएछ । रबिले ५० लाखको जरुरत पर्यो बुवा, जसरी पनि दिनुपर्यो भने । मैले घरमा खोजखाज गरेर कुनै सहकारीमा म राखिदिउला, सहकारीमार्फत तपाई लिनोस भने । म किन रिस्क लिनु ? सहकारीमा मैले राखेपछि पछि पाइहाल्छु भन्ने आयो ।
कलाकार अर्जनु श्रेष्ठको एउटा सहकारी रहेछ साई स्वागत । अर्जुनले नुवाकोटेको ग्रुपलाई सहकारी दिएको रहेछन । अर्जनुकै घरमा तेस्रो तलामा त्यो सहकारी रहेछ । उनीहरु तीन दिनपछि फेरि आए । त्यही सहकारी रहेछ हामी चलाउनु पर्यो । बुवा नै अध्यक्ष बसिदिनोस, रबि उपाध्यक्ष बस्ने भने । मैले ५० लाख पैसा सहकारीमा राख्ने, त्यही सहकारीको पैसा रबिले ऋण लिने कुरा भयो । फेरि केहीदिनपछि आएर भने, म होइन, बुवा अध्यक्ष, निकिता उपाध्यक्ष बस्ने भने । बिहेका लागि ऋण चाहिएकोले निकिताले पनि रबिलाई सहयोग गरिन । अनि म अध्यक्ष, निकिता उपाध्यक्ष बसिन । कागजात सवै उनीहरुले नै मिलाएर ल्याएका हुन । मैले हेर्दै नहेरी साइन गरिदिएँ ।
मैले जुन दिन पैसा राखें, त्यसैको भोलिपल्ट रबिले ऋण लिए । ऋण पनि अव गुड फेथमा दिइयो । धितो राख्ने कुनै कुरा नै रबिसँग थिएन । धितो राख भनेको त ऋण नदेउ भनेको न हो । यी दुईटा जोडी जोडिऊन, काम पनि चलोस भनेर बिना धितो ऋण दिइयो । तीन महिनामा ऋण तिछु भन्थे । त्यही ऋण लिएर बिवाह गरे, भोज दिए । नगरकोटमा भोज दिएका थिए एक महिनापछि । म पनि गएको थिएँ, ठूला बडा सवै भोजमा थिए ।
सहकारी ठगीबारे यस्तो छ तथ्य
रबि लामिछानेले सहकारी ठग्न नटवरलाल गिरोह नै परिचालन गरेका रहेछन ।
चलाख रबि लामिछाने ! हर्ताकर्ता आफै, सवै काम गर्ने आफू तर नामचाँहि अरुको राखिदिने । रबिले पैसा आफूले लिए, नाम निकिताको राखिदिए ।
रबि लामिछानेले सहकारीबाट ऋण लिए, उपाध्यक्षको काम पनि आफैले गरे तर नामचाँहि पत्नी निकिता पौडेलको राखिदिए ।
हाम्रो नयाँ कृषि सहकारीमा पनि रबिले डिपी अर्याललाई बचाउन जीबि राईलाई सकार्न बाध्य पारे । नाम डिपीको राखेर कामचाँहि आफले गरे । डिपी अर्याल र रबि लामिछाने मिलेर जिबि राईलाई पनि आफ्नो सहकारीको सवै बेहोर्छु भनेर स्वीकार्न बाध्य बनाएका हुन । रबि पावर (शक्ति) को दूरुपयोग गरेर जिबिलाई सहकारीमा गएर सम्पूर्ण जिम्मा मेरो भयो भनेर सहमति जनाउन बाध्य पारे ।
रबि लामिछाने, डिपी अर्याल, रामहरि अधिकारी, जिबि राई, छबिलाल जोशी कसरी एकआपसमा जोडिए ?
निकितासँग बिहे गर्न रबिले लिएका थिए सहकारीबाट ५० लाख रुपैया । त्यही पैसाले नगरकोटमा बिहेको भब्य पाटी दिए ।
हाम्रो नयाँ कृषि सहकारीमा पनि रबिले डिपी अर्याललाई नामले राख्यो तर काममा चाँहि आफू बस्यो । डिपी अर्याल र रबि लामिछाने मिलेर जिबि राईलाई पनि आफ्नो सहकारीको सवै बेहोर्छु भनेर स्वीकार्न बाध्य बनाए । जिबिले सहकारीमा गएर सम्पूर्ण जिम्मा मेरो भयो भनेर सहमति जनाए ।
रबि लामिछाने, डिपी अर्याल, रामहरि अधिकारी, जिबि राई र छबिलाल जोशी कसरी एकआपसमा जोडिए ?
रबिको पहिलोको श्रीमतीलाई पैसा पनि तिर्नु रहेछ । लगानी गरियो तर तीन महिनामा तिरेनन । ६ महिनामा पनि तिरेनन । रामहरि अधिकारी भन्ने म्यानेजर बनाइयो । ऊ त फटाह नम्बर वान रहेछ । अर्काे सहकारी सकेर आएको रहेछ । अध्यक्ष बन्नुअघि मैले अर्जुनजीलाई फोन गर्दा उहाँले मैले रामहरिलाई सुम्पिदिएको छु भने । लिनु दिन साफ छ भने । स्पेशल कामको लागि म बसेको त्यो काम सकेपछि मेरो काम सकियो भन्ने सोचें ।
रबिले ६ महिना नतिरेपछि त पैसा उठाउ भने । शंकर दाहाल भन्ने सचिव र म्यानेजर दुवै थिए । शंकरले धेरै ताकेता गरे । ब्याजसमेत दिएनछन । धेररै जोड गरेपछि अहिले नै पुलिस लगाएर थुनिदिन्छु, धेरै टर्चर नदे भनेर रबिले धम्क्याएछ । दुनिया थर्काएको मान्छेले थर्काएपछि शंकर पैसा उठाउनु त कता कता आफै डिप्रेशनमा गयो । त्यही बीचमा हाम्रो नयाँ कृषि सहकारीमा डिपी अर्याल उपाध्यक्ष थिए । मेरो सहकारीको सवै सामान उसैको सहकारीमा लगेछन । त्यो डिपी र रबि दुवै रहे । रबि बाठो मान्छे, जिबि राईलाई पनि राख्यो । मर्ज गर्ने प्रयाश गरेर लागेका थिए । रामहरि सिइओ भइसकेको थियो । डिपी, रामहरि र रबि अनि जिबीको एक आपसमा इन्टर कनेक्शन छ ।
जीबीले असार २२ गते हाम्रो सहकारीको समेत सवै जिम्मा लिए हाम्रो नयाँ कृषि सहकारीको । जिबिले प्रेसरमा लिनुपरेको हो । सहकारीको रजिष्टारलाई पनि प्रेसर दियो नवराज घिमिरे । नवराजले आफू जोगिन २२ गते ७ जनाको पार्सपोर्ट रोक्का गरिदियो । तर २८ गते जिबिको मात्रै रोक्का खोलिदियो । रामहरिको नाममा सुसाइड नोट लेखेर पठायो शंकरले । सहकारी बिभागमा पनि पठायो । मैले सहकारी बिभागमा जाँचबुझ गर्न पत्र लेखे । २ करोड २२ लाख हिनामिना गरेको ठहर गरी गत बर्ष जिल्ला अदालतमा मुद्धा दायर गर्यो । मैले कसैलाई मयाँ गर्दा, मद्धत गर्न खोज्दा म फसेको हो साइ स्वागत सहकारीमा । मैले त्यो सहकारीबाट ५० लाखको ब्याज हिसाव गर्दा ८० लाख रुपैयाँ जति लिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्