काठमाडौं, कात्तिक २१ । नेपाली सेनाका एक पूर्वजनेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नांगेझार पारिदिएका छन ।
कहिल्यै झुटो नबोल्ने भन्दै हिडनुभएका नेपाललाई सेनाका अवकाशप्राप्त जर्नेल रमिन्द्र क्षेत्रीले हैसियत नै नभएको काम गरें भनेर सफेद झुटो बोलेको तथ्य राखेर नांगेझार पारिदिनु भएको हो ।
पूर्वप्रधानमन्त्री नेपालले संसदीय समितिको बैठकमा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा र परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा प्रधानसेनापतिलाई निकालिदिएको अभिब्यक्ति दिनुभएको थियो । तात्कालिन राजा बीरेन्द्रले एकपटकलाई माफी दिन मिल्दैन भनेर सोधेको तर आफूले मिल्दै मिल्दैन भन्दै निकालिदिएको नेपालको भनाई थियो । उहाँको सो भनाई शतप्रतिशत झुटो रहेका पूर्वजर्नेल क्षेत्रीले बताउनु भएको छ ।
‘प्रधानसेनापतिलाई प्रधानमन्त्रीले निकाल्नै सक्दैन, उहाँले सफेद झुटो बोल्नुभो,’ एक अनलाइनसँगको कुराकानीमा पूर्वजर्नेल क्षेत्रीले भन्नुभएको छ । उहाँले सस्तो लोकप्रियताका लागि माधवले झुट बोलेको र चर्चामा आउने प्रयाश गरेको बताउनु भयो । प्रधानसेनापतिलाई मैले निकालिदिएँ भनेर एकजना पूर्वप्रधानमन्त्रीले भन्नुभएको छ नि भन्ने प्रश्नमा पूर्वजर्नेल क्षेत्रीको जवाफ दिनुभएको छ, ‘त्यो त उहाँको झुट हो त्यो त्यो त्यो । उहाँको प्रधानसेनापति निकाल्न सक्ने त्यो बेलामा हैसियत नै छैन ।’
क्षेत्रीले माधवले सस्तो लोकप्रियता हासिल गर्न त्यो बक्न त भो बक्नु भएको तर कसैले नपत्याएको बताउनु भयो । क्षेत्रीले माधवले ‘कुन सुरमा र कुन तालमा सो अभिब्यक्ति दिएको हो भन्ने प्रश्न पनि गर्नुभएको छ ।
यस्तो छ क्षेत्रीको भनाई
त्यो त उहाँको झुट हो त्यो त्यो त्यो । उहाँको प्रधानसेनापति निकाल्न सक्ने त्यो बेलामा हैसियत नै छैन हैन । उहाँले यहाँ सस्तो लोकप्रियता हासिल गर्न त्यो बक्न त भो बक्नु भो । कसैले पत्याएका छैनन त्यो । कतिपयले त सवै झुटो हो भनेर मिडियामा पनि आइसकेको कुरा हो । उहाँले कुन सुरमा र कुन उसमा भन्नुभयो । त्यो चिजमा चाँहि सत्यता छैन ।
प्रतिक्रिया दिनुहोस्