काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको बिषयमा मुख खोल्नुभएको छ । अमेरिकाबाट नेपाल आएपछि निमुखा रहेका रबिलाई आफैले यो हैसियतमा पुर्याइदिएको तथ्यसहित प्रधानमन्त्री ओलीले रबिको बिषयमा नयाँ खुलासा गर्नुभएको हो ।
उहाँले रबिको कुरा सुनेर र आफूले बाहिरी रुपमा हेर्दा सहकारीमा ठगीमा उहाँ संलग्न रहेको आशंका समेत नभएको पनि बताउनु भयो । आफू संसदीय छानविनका लागि तयार नभएपनि रबि र तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि नै सहकारी ठगीको बिषयमा छानविन गर्न संददीय समिति बनेको तथ्य पनि प्रधानमन्त्री ओलीले खोल्नुभयो ।
संसदीय छानबिनन समितिले कार्बाही गर्न नाम नै तोकेर सिफारिस गरेपछि नै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढेको उहाँको भनाई छ ।कान्तिपुर कन्क्लेभ २०२४ को अन्तिम सत्रमा प्रधानसम्पादक उमेश चौहानले सञ्चालन गरेको ’प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उहाँले लामिछानेले सुरूमा सहकारीमा ठगी गरेको आशंका समेत आफूलाई नलागेको उल्लेख गर्नुभयो ।
रबिले सहकारीमा यत्रो धेरै गरेका छन भन्ने विश्वास त के ? मलाई आशंका पनि थिएन । वासिङ मेशिसनमा तीनपटक धोएजस्तो कुरा गर्थे । संसदीय छानविन समिति पनि प्रधानमन्त्री प्रचण्ड रहेको बेला रबिकै सहमतिमा बन्यो । म संसदीय छानविनको पक्षमा सहमत थिईंन । उहाँहरु नै बनाउन लागेपछि मैले त मानिदिएको मात्र हो ।
‘रबिले सहकारीमा यत्रो धेरै गरेका छन भन्ने विश्वास त के ? मलाई आशंका पनि थिएन । वासिङ मेशिसनमा तीनपटक धोएजस्तो कुरा गर्थे । संसदीय छानविन समिति पनि प्रधानमन्त्री प्रचण्ड रहेको बेला रबिकै सहमतिमा बन्यो । म संसदीय छानविनको पक्षमा सहमत थिईंन । उहाँहरु नै बनाउन लागेपछि मैले त मानिदिएको मात्र हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ’तर सहकारी छानबिन समितिले त चारजना जनालाई तोकेर नै छानबिन गर भन्यो ।’
प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘संसदीय समितिले कारवाही गर्न नाम तोकेर सिफारिस गर्यो । प्रतिवेदन सरकारकालाई दियो । त्यसपछि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयले पायो । त्यसपछि व्यूरोक्रेसीमा गयो । छानबिन अध्ययन सुरू भएपछि गिरफ्तार र कारवाही गर्नुपर्ने अवस्था सम्मानित अदालतले दियो ।’
प्रधानमन्त्री ओलीले आफूले रबिको राम्रै चाहेको तर अनुसन्धानले सव कुरा बाहिर ल्याएको बताउनु भयो । अमेरिकाबाट आएपछि आफैले सिधान कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम सञ्चालन गर्न लिएर नेपाली जनतामाझ परिचित गराइदिएको र आफू हटेपछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्ते कार्यक्रमबाट हटाएको र अर्काे नीजि टीभिमा गएर रबिले ठूलो कुरा गर्न सिकेको बताउनु भयो । उहाँले पार्टी खोल्ने बेलासमेत आफूसँग सोधेको र आफूले खोल्न भनेको तथ्यसमेत ओलीले खोल्नुभयो ।
प्रतिक्रिया दिनुहोस्