जनता टाइम्स

६ मंसिर २०८१, बिहीबार ११:५८

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, मंसिर ६ । साताको पाँचौ कारोबारको दिन आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।