काठमाडौं, मंसीर ७ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको आरोपप्रति खेद ब्यक्त गरेको छ ।
काठमाडौं महानगरपालिकाले एमालेले फोहोर गरेको भन्दै एक लाख जरिवानाको निर्णय गरेको सामाचार सार्वजनिक भएलगत्तै महासचिव शंकर पोखरेलले खेदजनक काम भन्नुभएको छ ।
जागरणसभाको क्रममा दरवारमार्गमा भएको फोहोर पार्टी नेता कार्यकर्ताले नै सफा गरेको र महानगरलाई गाडी बठाउन अनुरोध गरिएको जानकारी दिँदै ब्यवस्थापनका लागि महानगरपालिकाले गाडी पठाउनुको साटो आरोप लगाउने काम गरेको भन्दै महासचिव पोखरेलले खेदजनक आरोप भन्नुभएको हो ।
‘कार्यक्रमपछि कार्यक्रम स्थल सरसफाई गरेर फोहर उठाउनका लागि महानगरलाई गाडी पठाउन अनुरोध गरिएको थियो । महानगरले अनुरोध स्विकार गरेर गाडी पठाउनुको साटो उल्टै फोहर गरेको आरोप लगाएको समाचार सुनियो,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘यो समाचार सत्य हो भने अत्यन्त दुःखद र खेदजनक विषय हो ।’

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमाले र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आरोप लगाउने काममा निकै सक्रिय हुनुभएको छ । यही अवस्थामा मेयर बालेनले आगामी दिनमा काठमाडौं महानगरपालिकाभित्र एमालेलाई कार्यक्रम नै गर्न नदिने योजनाका साथ फोहोर ब्यवस्थापन गर्न गाडी पठाउन छाडेर फोहोर गरेको आरोप लगाएर जरिवानाको पत्र पठाउनु भएको एमालेको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्