काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ ।
फोक्सोसम्बन्धी समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।’
उहाँले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्