काठमाडौं, ९ मंसिर । । नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख ६७ हजार रुपैयाँ नाघेको छ । यसअघि तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्