जनता टाइम्स

९ मंसिर २०८१, आईतवार २०:४२

ब्यानरमै लेखिएको आयोजक बालेनले पत्तो नपाएपछि


काठमाडौं, मंसीर ९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेकपा एमालेप्रति कत्तिसम्म आक्रोशित रहेछन भन्ने कुरा भर्खरै तथ्य भर्खरैको घटनाले उजागर गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले गलत उम्मेदवार उठाएकोले मतदाताको आक्रोशको कारण मेयरको कुर्सीमा पुग्नुभएका बालेनले ब्यानरमै लेखिएको आयोजक समेत वास्ता नगरी नेकपा एमालेबिरुद्ध अफवाह फैलाएको तथ्य उजागर भएको हो । मंसीर ७ गते प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख बक्ता र महासचिव शंकर पोखरेल बक्ता रहनुभएको दरवारमार्गको जागरण सभाले फोहोर गरेको भन्दै मेयर बालेनले एक लाख जरिवानाको निर्णय गरी प्रचार गराउनु भएको थियो ।

सो पत्र लिएर एमाले मुख्यालय पुगेको महानगरको टोलीलाई एमालेले आयोजक र कानून पढाएर फिर्ता पठाएको छ । ‘आयोजक को हो भन्ने ब्यानरमै लेखिएको छ । त्यो पढेर निर्णय गर्ने कि मनपरी गर्ने ?’ महानगरको पत्र लिएर आएको टोलीलाई एमाले मुख्यालयमा रहेका नेताहरुले भने । नेताहरुले कुनै महानगरको मेयरले बदमासी गरे बालेनलाई समातेर जेल हाल्न मिल्छ भन्दै मुख बन्द गराएर पठाएका थिए ।

एमालेले पूर्वाग्रही बनेर नियतबस अफवाह फैलाएको र पार्टीमाथि आपत्तिजनक आरोप लगाइएको भन्दै आगामी दिनमा यस्तो हर्कत नगर्न सचेत समेत गराएको छ । एमाले मुख्यालयले काठमाडौं महानगरपालिकाले तिराउन खोजेको जरिवानासम्बन्धी पत्र फर्काइदिएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभापछि उक्त स्थानमा फोहोर गरिएको भन्दै एमालेलाई महानगरले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने पत्र लेखेको थियो ।

उक्त पत्र बोकेर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेको थियो । एमाले केन्द्रीय कार्यालयले जागरणसभाको आयोजक को हो भन्ने हेक्का भएन र ? हामी त आयोजक होइनौं भन्दै महानगरको पत्र फिर्ता पठाएको छ । महानगरका नगर प्रहरी निरीक्षक किशोर भट्टराई जरिवानासम्बन्धी पत्र बोकेर एमाले केन्द्रीय कार्यालय पुग्नभएको थियो ।

काठमाडौंमा आयोजना गरिएको जागरणसभाको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी होइन । जागरणसभाको पोस्टरमा आयोजक भनेर ‘नेकपा (एमाले) काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष, सम्पर्क र जनसंगठनहरू’ लेखिएको छ ।

ब्यानरमै लेखिएको आयोजक समेत पत्तो नपाई जरिवानाको निर्णय गरेर महानगरका मेयर बालेनले एमालेप्रतिको कुण्ठा मात्र प्रदर्शन गर्नुभएको छैन । आफ्नो सरीरको कपडा समेत खोलेर नांगो स्वरुप प्रदर्शन गर्नुभएको बुझाई उपत्यकावासीको रहेको छ ।