जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १८:४३

अमेरिकामा निकै ब्यस्थ बने अर्थमन्त्री खतिवडा, नेपालको समृद्धि योजनामा सघाउन यसरी मनाउँदैछन दाता


काठमाडौं, कात्तिक ४ । बिश्व बैंक समुह र नेपालबीच उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी वनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समुहले काम सुरु गर्ने समझदारी भएको छ । बिश्व बैंक समुहको अमेरिकामा जारी बैंठकमा अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावअनुसार सो सहमति भएको हो ।

अमेरिकामा रहनुभएका अर्थमन्त्री खतिवडाले नेपालको प्राथमिकताका आधारमा बिकाशमा सघाउन आग्रह गरेअनुरुप सो सहमति भएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविक सेफरसहितको उच्चतहका पदाधिकारी सम्मिलित बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा भयो । साथै पोर्टफोलियो कार्यान्वयनको गुणस्तर वढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषिउद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र संघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको वताइएको थियो । त्यस्तैगरी क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन वढाउन उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी वनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समुहले काम सुरु गर्ने समझदारी भएको छ ।

अर्थ मन्त्रलयका अनुसार मन्त्री खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुनुभयो । उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरुसंग भएको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउंदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराउनु भयो । साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीहरुसँगको भेटमा उहाँले नेपालको पूंजी वजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा जोड दिदै वचत र लगानीवीचको ठुलो अन्तर घटाउन विदेशी पूंजी परिचालन जरुरी भएको वताउनु भयो । उहाँले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनु पर्ने डिजाइन तथा इन्जिनियरिङ्ग पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर, सवारी साधनको परिक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।

यसैगरी युरोमनी पत्रिकासंगको एक अन्तवार्ताको क्रममा उहाँले निजी लगानिकर्तालाई नेपालमा लगानी गर्दा जखिमको यथार्थ विष्लेशण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिमवापत वढी प्रिमियमन लिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिटरेटिङ्ग गर्ने कार्य सुरु गरिसकेको जानकारी गराउनु भयो । त्यस्तै विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नुपर्नेतर्फ सजग रहेको जानकारी दिनुभयो । अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तराष्टिय तहमा अर्थराजनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो क्रममा उहाले व्रिटेनउड्स वाहिरका वहुपक्षीय संस्थाहरु जस्तै डब्लुटीओ तथा युएनसीटीएडीसंग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान समस्याहरु हल हुने उल्लेख गर्नुभयो । एक अर्को प्रसंगमा अर्थमन्त्री खतिवडाले दुईपक्षीय व्पापार र लगानीका सम्झौताहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सम्वन्धी भैरहेका समझदारी र सम्वन्धित वहुपक्षीय संस्थाहरुलाई कमजोर पार्न नहुने उल्लेख गर्नुभयो । साथै, दूईपक्षीय पहलहरु क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक सहयोगको परिपुरक भूमिकामा देखिनुपर्दछ भन्ने कुरामा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एक उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व वढाउन आवश्यक भएको कुरा उल्लेख गर्नुभयो । त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्षलगायत उच्चस्तरीय पदाधिकारीहरुसंगको भेटमा उहाँले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै आगामी वर्षहरुमा बैंकसंगको सहयोग विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको वारेमा छलफल गर्नुभयो ।

बेलायती सहयोग संस्थाका स्यायी सचिवसंगको भेटमा बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा परिचालन हुने थप सहयोगका क्षेत्रहरुमा चर्चा भएको थियो । विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविक सेफरसहितको उच्चतहका पदाधिकारी संम्मिलित बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा भयो । साथै पोर्टफोलियो कार्यान्वयनको गुणस्तर वढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषिउद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र संघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको थियो । त्यस्तैगरी क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन वढाउन उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी वनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समुहले काम सुरु गर्ने समझदारी भएको अर्थ मन्त्रालयले जनाएको छ ।