काठमाडौं, मंसीर १२ । दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पाले आफूले मतदाताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
पालिकाको नेतृत्व गरेको नेकपा माओवादीले मतदाताको समृद्धिको सपनामाथि पानी खन्याएको भन्दै उम्मेदवार शेर्पाले ती सवै बिकृति रोकेर मतदाताको चाहनाअनुसारको काम गर्ने प्रतिवद्धता जनाउनु भएको हो । गौरीशंकरमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
निर्वाचनको क्रममा एमाले पोलिटब्यूरो तथा सदस्य दोलखा इञ्चार्ज रहनुभएका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, पालिकाका संस्थापक अध्यक्ष तथा एमाले दोलखाका सचिव स्वयमबहादुर खडका, संस्थापक उपाध्यक्ष उर्मिला थामीसहित शेर्पा घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ ।
निर्वाचनको प्रचार अभियानको क्रममा शेर्पा वडा नम्बर १ र २ जुँगूदेखि झ्याँकू, सुरी, चंखू, मार्बू, खारे र वडा नम्बर ९ अर्थात हिमाली गाउँ गौरीशंकरका विभिन्न बस्तीमा मतदातासँगको भेटघाट गरिरहनु भएको छ । मतदाता भेटघाटमा व्यस्त शेर्पाले आफू टेबुल ठटाएर नागरिक हितको काममा दृढतापुर्वक जुट्ने बताउनुभयो ।
‘पालिकामा जुन बेथिती छ । यहाँको जलबिद्युतको स्रोत आफू र परिवारको कब्जामा राखेर दोहन गर्ने जुन काम भइरहेको छ, त्यसलाई ब्रेक लगाएर सवै पालिकावासीको हितमा उपयोग गर्न दृढतापुर्वक लाग्छु,’ मतदातामाझ उम्मेदवार शेर्पाले भन्नुभयो । उहाँले आफू पद ओगटन नभई सेवा गर्न उम्मेदवार बनेको पनि प्रष्ट पार्नुभयो । ‘उपाध्यक्ष भएर गर्ने काम म तपाईंहरूलाई गरेर देखाउँछु, ढुक्क हुनुस, त्यति हिम्मत छ मसँग, कमजोर छैन,’ शेर्पाले भन्नुभयो । गौरीशंकर ७ मार्बुकी स्थायी बासिन्दा शेर्पाले अव गौरीशंकरमा बदमासी नचल्ने पनि बताउनु भयो ।
उहाँले माओवादीले आफूलाई पैसावाला भनेर लगाएको आरोपको पनि खण्डन गर्नुभयो । गत निर्वाचनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर पालिकाको नेतृत्व हत्याएको माओवादीले परिवारको स्वार्थपुर्तिमा मात्र स्रोतको दुरुपयोग गरेको देखिएपछि माओवादी पैसावाल भनेर ब्यक्तिगत आरोपमा उत्रिएपछि उमाले पनि जवाफ दिनुभएको छ ।
मतदातालाई भ्रममा पारेर माओवादी फेरि अपराधीकरणतिर लागेको पाइएपछि एमाले उम्मेदवार शेर्पाले भन्नुभयो, ‘माओवादीका नेताहरुले जसरी हामीले लुटेर ल्याएको धन होइन, दुःख गरेर कमाएको सम्पत्ति हो त्यो, त्यसमा आँखा लगाउनु पर्दैन उनीहरूले । यत्तिकुरा राम्रोसँग बुझ्नोस ।’
शेर्पाले माओवादी नेता विशाल खड्काले आफूलाई उम्मेदवार नै नबन्नको लागि आफ्नो श्रीमानलाई पटक पटक फोन गरेर आग्रह गरेको तथ्यसमेत खोल्नुभयो । गौरीशंकरमा एमाले बलियो रहेको र आफू पनि काममा पछि नहटने स्वभावको रहेको जानकारी पाएपछि खडकाले पटक पटक श्रीमानमार्फत उम्मेदवार नबन्न आग्रह गरेको शेर्पाको भनाई छ ।
‘यदि म सक्षम नभएको भए म कमजोर भएको भए उनीहरूले फोन गरिगरी नउठाइदिनुस है भन्नु पर्ने नै थिएन,’ शेर्पाले भन्नुभयो, ‘यसले म कति बलियो उम्मेदवार हो भन्ने पुष्टि गर्छ । तपाई उठनु भएन भनेर मलाई नै भनिसकेपछि माओवादीले त चुनाव हारिन्छ भन्ने थाह पाइसक्यो नि, उस्ले त चुनाव जितिन्न भनेर पहिला नै हार खाइसक्यो ।’
‘यदि म सक्षम नभएको भए म कमजोर भएको भए उनीहरूले फोन गरिगरी नउठाइदिनुस है भन्नु पर्ने नै थिएन,’ शेर्पाले भन्नुभयो, ‘यसले म कति बलियो उम्मेदवार हो भन्ने पुष्टि गर्छ । तपाई उठनु भएन भनेर मलाई नै भनिसकेपछि माओवादीले त चुनाव हारिन्छ भन्ने थाह पाइसक्यो नि, उस्ले त चुनाव जितिन्न भनेर पहिला नै हार खाइसक्यो ।’ दोलखाको गौरीशंकर प्राकृतिक स्रोतले निकै धनी पालिकामा पर्दछ ।
पालिकाको नेतृत्व लिएपछि हरेक हाइड्रोमा परिवारका सदस्यमार्फत अडिट गर्न बाध्य पार्ने र भित्रभित्रै असुली गर्ने काम भइरहेको, पालिका छाडेर सिंगटी, चरिकोट र काठमाडौंमा बसेर जनताको काम नगरेको कारण पनि यसपटकको चुनावमा माओवादी निकै कमजोर बनेको छ । त्यसमाथि पालिकाकै स्थानीय नेताहरुले ‘हत्तेरिका बिशाल कमरेड, …लाई जिताउन सकिन्न’ भन्दै हिडन थालेपछि उस्को अवस्था नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रबिना खडका भन्दा पनि कमजोर बन्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्