काठमाडौं, मंसिर १३ । यही मंसिर १७ गतेबाट चीन भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १८ गते राष्ट्रपति सि र प्रधानमन्त्री लीसँग भेटबार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रुपमा स्वीकृत गरेको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ।
प्रतिक्रिया दिनुहोस्