जनता टाइम्स

१४ मंसिर २०८१, शुक्रबार १५:२०

रामेछापको सुमो दुर्घटनामा गोकुलगंगा-४ का वडाध्यक्षसहित ५ जनाको मृत्यु


रामेछाप, मंसिर १४। रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।