काठमाडौं, मंसिर २७ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया दिनुहोस्