उदयपुर, मङ्सिर २८ । नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्यासी भोटराज राईले ४२ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित हुुनुभएको छ ।
साथै सदस्यहरुमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित हुनुभएको छ । एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्