जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०८:५६

दुई देशको भ्रमण पूरा गरी आज स्वदेश र्फकदै राष्ट्रपति


काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । म्यान्माको राजकीय भ्रमण पूरा गरी जापान जानुभएका राष्ट्रपति भण्डारी आज स्वदेश फर्कन लाग्नुभएको हो । म्यान्माबाटै जापानका सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट राष्ट्रपति भण्डारी स्वदेशतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।