जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १०:२९

पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द


काठमाडौं, कात्तिक ६ ।  पशुपति आर्यघाटका कामदारहरूले आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन्।

घाट सेवा समूहका सम्पूर्ण कामदारका नाममा उनीहरूले शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने रोकेका छन् । पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले बुधबार बिहान ११ बजेका लागि वार्तामा बोलाएपछि त्यतिबेलासम्मका लागि आन्दोलन स्थगित गरिएको घाटका कामदार विदुर बुढाथोकीले जानकारी दिनुभयो ।

वार्ता सफल भएन भने त्यसपछि हामी हड्तालमा उत्रिने चेतानी दिएको बुढाथोकीले बताउनुभयो । । बुढाथोकीका अनुसार हाल एउटा शव जलाएबापत कामदारले १ हजार २ सय रुपैयाँ पाउँछन्। यसलाई बढाएर २ हजार पु¥याउनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । ‘त्यसमा पनि कोषले १० प्रतिशत रकम कटाएर १ हजार ८० रुपैयाँ पाउने गरेको र कोषले घाटमा काम गर्दैै आएका कामदारको उपदान रकमसमेत वृद्धि गर्नुपर्ने माग उनीहरूको छ। स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग कोषसँग गरिएको छ।