काठमाडौं, पुस १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।
पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उहाँको भनाइ । ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दल प्रति निराशा फैलाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनको लागि विभिन्न खालका भ्रामक प्रचार गरिएका पोखरेलले बताउनुभयो । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमाले माथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उहाँले बताउनुभयो ।
एमालेको विराषदलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताउनुभयो । नेकपा एमाले ठुलो विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले सुनाउनुभयो ।
आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताउनुभयो । ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उहाँको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उहाँले भन्नुभयो ।
अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उहाँले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताउनुभयो । अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई न खाइदिने पोखरेलको भनाइ छ । ‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
कांग्रेस-एमाले सकारका लागि मात्र नमिलेका उहाँले स्पष्ट पार्नुभयो । प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो ।
संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उहाँले बताउनुभयो । आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान संशोधन हुने पोखरेलले स्पष्ट पार्नुभयो । ‘आवश्यक परेको उचित समयमा हामी निष्कर्ष निकाल्छौँ, यस कुरामा हामी सचेत छौँ’, पोखरेलले भन्नुभयो ।
समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएको उहाँले स्पष्ट पार्नुभयो । यो विषय राष्ट्रको विषय भएको पोखरेलले बताउनुभयो ।
देशका ठुला राजनीतिक दल मिलेर अहिलेको सरकार बनेकोले दुई दलले चाहँदासम्म कसैले चाहेर यो सरका नढल्ने पोखरेलले बताउनुभयो । यो कुरा बुझेर नडराई काम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्