जनता टाइम्स

२ पुष २०८१, मंगलवार १६:५२

एमाले डोटीको अध्यक्षमा महिला नेतृत्व, अध्यक्षमा मञ्जु मलासी


डोटी, पुस २ । नेकपा एमाले डोटीले महिला नेतृत्व पाएको छ ।

एमाले डोटीको जिल्ला अधिवेशनबाट अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको हो । अधिवेशनले उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदम भट्ट, उपसचिव डम्मर डौडी र उपसचिव (महिला) मा बिस्ना सिंहलाई निर्वाचित गरेको छ ।

डोटीमा महिला नेतृत्व आएसँगै सुदुरपश्चिममा दुई जिल्लामा महिलाको नेतृत्व स्थापित भएको छ । यसअघि कञ्चनपुरमा अध्यक्षमा महिला निर्वाचित भइसक्नु भएको छ ।