जनता टाइम्स

३ पुष २०८१, बुधबार १८:५३

भारत र मलेसियाका राजदूत नियुक्त


काठमाडौँ, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसदीय सुनुवाईपछि दुवै देशबाट एग्रिमो आएलगत्तै राष्ट्रपति पौडेलले शर्मा र तिम्सिनालाईराजदूत नियुक्त गर्नुभएको हो ।