काठमाडौं, पुस ३ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ ।
बुधबार बसेको अनेरास्ववियुको १२औं सचिवालय बैठकले आगामी चैतमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
बडालका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठक आगामी माघ ६, ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै पुस २५ र २६ गते स्वबियू निर्वाचन तयारी कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् निर्णय:
१. केन्द्रीय कमिटीको चौथो बैठक
• मिति: २०८१ माघ ६, ७ र ८ गते
• स्थान: काठमाडौं
• बैठक सम्पन्न गर्ने निर्णय।
२. स्ववियु निर्वाचन तयारी कार्यशाला
• मिति: २०८१ पुस २५ र २६ गते
• स्थान: काठमाडौं
• कार्यशालामा देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षहरूको उपस्थिति रहने।
३. त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन
• मिति: २०८१ फागुन १५ गते
• त्रिभुवन विश्वविद्यालयले तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन एक हप्ता भित्र
• विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने।
• दबाब सिर्जना गरी निर्वाचन सफल बनाउन सर्वपक्षीय छलफलको आह्वान गर्ने।
४. २४औं राष्ट्रिय महाधिवेशन
• मिति: २०८१ चैत मसान्तभित्र सम्पन्न गर्ने।
• केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गरिने।
५. ३५ बुँदे विश्वविद्यालय सुधारको माग
• त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव तथा अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्टद्वारा प्रस्तुत ३५ बुँदे विश्वविद्यालय सुधारको माग तत्काल पूरा गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराइन्छ।
अन्य निर्णयहरू
सर्कुलरमार्फत जारी गरिनेछन्।
प्रतिक्रिया दिनुहोस्