जनता टाइम्स

४ पुष २०८१, बिहीबार १५:४१

एमाले महासचिव पोखरेलको निश्कर्ष : सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट उदाएकाहरू त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन


काठमाडौं, पुस ४ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको तथ्य राख्नुभएको छ ।

एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताउनु भएको हो । सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर रहेको महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले लेख्नुभएको छ, ’सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन, अति सर्वत्र वर्जयेत् ।’

कास्की प्रहरीको हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटो भाइरल भइरहेका बेला महासचिव पोखरेलले सामाजिक सञ्जालमा रास्वपा लक्षित विषय उल्लेख गर्नुभएको हो । रास्वपाका नेतादेखि कार्यकर्तासम्मले अफवाह फैलाइरहेको बेला महासचिव पोखरेलले यस्तो बताउनु भएको छ ।