जनता टाइम्स

४ पुष २०८१, बिहीबार १९:०६

पुस १५ गतेभित्र रिपोर्ट बुझाउन सवै केन्द्रीय बिभागलाई एमालेको निर्देशन


काठमाडौं, पुस ४ । नेकपा एमालेले यही पुस १५ गतेभित्र विभागीय कामको रिपोर्ट तयार गरी बुझाउन सबै विभागलाई निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्न निर्देशन दिएको हो ।

बैठकले पार्टीविरुद्धको घेरावन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई थप प्रभावकारी बनाउन पार्टी पंक्तिलाई लाग्न समेत निर्देशन दिएको छ ।

एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो । सो संकल्प पूरा गर्न देशभरका कमिटी परिचालन गर्ने निर्णय पनि भइसकेको छ ।