काठमाडौं,पुस ६। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ ।
मंसिर २६ देखि पुस २ गतेसम्म बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।शुक्रबार आधिकारिक रूपमा सार्वजनिक गरिएको कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनाललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यसैगरी संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाउनुभएको छ भने महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । यसैगरी वरिष्ठ नेता प्रमेश हमाललाई विदेश विभाग र घनेन्द्र बस्नेतलाई राजकीय मामिला विभागको जिम्मेवारी दिएको छ ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख र उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष जयन्ती राईलाई अनेमसंघ समाजवादीको इञ्चार्जको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इञ्चार्ज र उपाध्यक्ष गंगालाल तुलाधरलाई वाग्मती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी कोशी इञ्चार्जमा राजेन्द्र राई, मधेशमा धर्मनाथ प्रसाद साह, बागमतीमागंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी, कर्णालीमा चन्द्रबहादुर शाही र सुदुरपश्चिममा भनुभक्त जोशीलाई इञ्चार्ज तोकिएको छ । यस्तै उपत्यकामा बिश्व्नाथ प्याकुरेललाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्