जनता टाइम्स

६ पुष २०८१, शनिबार १६:०४

एनपीएलको उपाधी चुमेकोमा जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधी चुमेकोमा जनकपुर बोल्स्टलाई बधाइ दिनुभएको छ ।

आज भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पराजीत गर्दै जीत निकालेको थिये । प्रधानमन्त्री ओलीले खेल सकिएलगत्तै उपाधी जितेकोमा जनकपुरलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !! फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’