जनता टाइम्स

७ पुष २०८१, आईतवार १८:४८

रबिपत्नी निकिता उपाध्यक्ष रहेको सहकारीका अध्यक्ष भरत जंगम र कोषाध्यक्ष दाहाल पक्राउ


काठमाडौं, पुस ७ । साई स्वागत सहकारी ठगी प्रकरणमा तात्कालिन अध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल पक्राउ परेका छन । प्रहरीले आज दुवै जनालाई पक्राउ गरेको हो ।

भ्रष्टाचारबिरोधी अभियन्ताका नामले परिचित जंगमसँगै उक्त सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाललाई आज पक्राउ गरिएको प्रहरील्े जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

सो सहकारीमा रास्वपाका सभापति रबि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष हुनुहुन्थ्यो । जंगम अध्यक्ष र निकिता उपाध्यक्ष रहेको बेला सो सहकारीबाट रबि दम्पत्ति जोडिनुभएको थियो । जंगमले रबिले नै सहकारी डुवाएको र आफूले मानबीय नाताले सहयोग गर्दा फसाएको आरोप लगाउँदै आउनु भएको थियो ।