काठमाडौं, पुस १०। नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाटै हटाएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको सदस्यबाट समेत हटाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो ।
पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नभएको र आत्मालोचना नगरेको कारण रावललाई सदस्यबाटै निश्काशन तथा पाण्डे र तिम्सिनालाई निलम्बनका निर्णय लिएको हो ।
प्रतिक्रिया दिनुहोस्