काठमाडौं, पुस १० । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक पुस २१ र २२ गते बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि ४ वटा एजेण्डा तय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
‘राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर ४ वटा एजेण्डा तय गरेका छौं,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्काशन, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषकिरण तिम्सिनालाई कार्वाही गरेलगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्