काठमाडौं, पुस ११ । ई–सेवा र मोबाइल बैंकिङमा समस्या आएको थियो । भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टको अन्तर्गत सञ्चालनमा रहेका विभिन्न मोबाइल बैंकिङमा आज समस्या देखिएको हो । करिब आधा घण्टा भुक्तानी सेवा अवरुद्ध भएको थियो ।
ई–सेवाका अनुसार प्राविधिक कारणले करिब २० मिनेट भुक्तानीमा समस्या देखिएको हो । ई–सेवामा गत विहिबार पनि समस्या देखिएको थियो । भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएपछि त्यतिबेला ई–सेवाले सूचना जारी गर्दै क्षमायाचना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्