काठमाडौं, पुस ११ । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ ।पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको अचानक स्वास्थ्य बिग्रिएपछि आज नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो । पूर्वप्रधानमन्त्री सिंहको बिहीबार बेलुका ९ : ५१ मा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
डा.सिंह सन २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्