जनता टाइम्स

१२ पुष २०८१, शुक्रबार १०:२०

भीम रावलबारे एमाले महासचिव शंकर पोखरेलको जवाफ : पार्टीले निकालेको होइन, उहाँ आफै निस्किएका हो


पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ? पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ?

नवलपुर, पुस १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वअध्यक्ष भीम रावल आफै पार्टीबाट बाहिरिएको तथ्य राख्नुभएको छ । प्रेस चौतारीले शुक्रबार नवलपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उहाँ आफै पार्टीबाट हटेको तथ्य राख्नुभएको हो ।

‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ? पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ? महासचिव पोखरेलले भन्नुभयो, त्यसकारण रावलजीलाई हामीले निकालेको होइन, उहाँ आफै निस्किएको हो ।’

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने स्मरण गराउनु भयो । पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस भन्दा नमानेको पनि बताउनु भयो।

‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ? पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ? महासचिव पोखरेलले भन्नुभयो, त्यसकारण रावलजीलाई हामीले निकालेको होइन, उहाँ आफै निस्किएको हो ।’

त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताउनु भयो।

‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं। महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,’उहाँले भन्नुभयो।

तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।

’त्यसकारण उहाँ आफै निस्किनुभएको हो भन्ने बुझ्छु। बाँकी कुरा प्रक्रियाको मात्रै हो,’ महासचिव पोखरेलले भन्नुभयो । पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै पोखरेलले रावल त्यस भित्र टिक्न नसक्नु भएको बताउनुभयो ।

रावल लामो समयदेखि पार्टी अनुशासन भन्दा बाहिर रहनु भएको पोखरेलले बताउनुभयो । चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभए पनि रावल पराजित हुनुभएको पोखरेलले प्रष्ट पार्नुभयो ।

महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि उहाँले त्यसलाई नस्विकार्नु भएको पोखरेलले बताउनुभयो ।

सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विषमा उभिनु भएको पोखरेलको भनाइ छ । ‘हरेक पार्टीका निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।

एमाले विकल्प दिन सबैलाई कानुन र संविधानले अनुमति दिएको बताउँदै उहाँले तर एमाले हो भने एमालेको विधि विधान र अनुशासनमा बस्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाडि सक्नु भएको पोखरेलले बताउनुभयो । तथापि एमालेले उहाँलाई सुध्रिने अवसर दिएको भए पनि उहाँले नसुध्रिएको पोखरेलको धारणा छ ।

रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले बताउनुभयो । ‘आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गर्नुभयो ।

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताउनुभयो । त्यसको अर्थ उहाँले पार्टी छाडिसक्नु भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने उहाँहरूलाई सचेत गराइएको मात्र उहाँले स्पष्ट पार्नुभयो । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उहाँहरूको पार्टीभित्रै प्रभाकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको पोखरेलले बताउनुभयो ।