दमौली, पुस १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रममा आज यहाँ बोल्दै उहाँले पत्रकारिता क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ठूला सञ्चारगृहप्रति जनताको विश्वास घट्दो छ ।
यो चिन्ताको विषय हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगत्ले पुर्याएको योगदान अतुलनीय छ । यो क्षेत्रमा विश्वास कायम राख्न सक्नुपर्छ ।’ कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति प्रा. डा. कृष्णप्रसाद गौतमले राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेस जगत् निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्