जनता टाइम्स

१४ पुष २०८१, आईतवार १४:१५

प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराई राई सिफारिश


काठमाडौं, पुस १४ । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्न सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नै गृहजिल्ला झापा निवासी राईलाई प्रतिनिधि सभाको सचिव नियुक्त गर्न सिफारिश गर्नुभएको हो ।

सभामुख घिमिरेले संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गर्नुभएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ ।