काठमाडौं, पुस १४ । नेकपा एकीकृत समाजवादीका ५ जना जिल्ला नेताहरु एमाले फर्कनुभएको छ । माधवकुमार नेपाल र राजेन्द्र पाण्डेको बहकाउमा लागेर सो पार्टीतिर लाग्नु नै गल्ती भएको महसुस सहित धादिङका ५ नेता एमाले फर्कनुभएको हो ।
जिल्ला कमिटी धादिङको ५ औं बैठकको क्रममा माधवको पार्टीको अव कुनै औचित्य र काम पनि छैन भनेर प्रभावशाली नेता कृष्ण अर्याल, ईश्वरी अर्याल, तुलकुमार श्रेष्ठ, हस्तबहादुर तामाङ र शन्त गुरूङ एमालेमै फर्कनु भएको हो । उहाँहरुलाई धादिङका एमाले नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
‘अव सवै एमालेमै फर्कनुपर्छ, समाजवादीतिर लागेर आफ्नो र देशको भविश्य बर्वाद गर्नुहुन्न भन्नेमा हामी प्रष्ट भइसकेका छौं, सबैमा आफ्नो घर एमाले फर्कनुपर्छ,’ एमाले फर्कने क्रममा अर्यालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्