काठमाडौं, पुस १४ । नेपाल जेसिजका राष्ट्रिय अध्यक्षदेखि ‘मिसेज हेरिटेज इन्टरनेसनल’का बिजेतासम्मले नेकपा एमाले रोजेका छन ।
एमाले मुख्यालयमा आयोजित बिशेष कार्यक्रमबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चर्चित पात्रसहित युवाहरुलाई पार्टीमा स्वागत गर्नुभयो । समारोहमा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष रविन पोखरेल एमालेमा प्रवेश गर्नुभयो ।
सोही कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेतसहित शिवानी गौतम, गायत्री बिसीलगायतएक दर्जन बढी युवा नेताहरु एमालेमा समाहित हुनुभएको छ ।पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशी युवालाई आआफ्नो प्रतिभा र क्षमता देखाएर काम गर्न सुझाव निुभयो ।
उहाँले आज समाजमा युवा पुस्तालाई नकारात्मकताको बाटोमा लैजाने प्रवृति हाबी भएकाले सत्य स्थापित गर्न चुनौति रहेको भन्दै त्यसतर्फ काम गर्न पनि सुझाउनु भएको छ ।जेसिसका अध्यक्ष पोखरेलले आफूले जेसिसमा काम गर्दा प्राप्त गरेको अन्तर्राष्ट्रिय अनुभवलाई समेत पार्टी र देशको पक्षमा प्रयोग गर्ने बताउनु भयो ।
युवालाई राजनीतिका नाममा बराल्न खोज्ने तत्वहरु अहिले राजनीतिमा आउन लागेकाले सही बाटोमा लैजान एमालेमा प्रवेश गरेको उहाँले बताउनु भयो । पोखरेलले एक सातापछि नवनिर्वाचित अध्यक्षलाई कार्यभार हस्तान्तरण गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्