काठमाडौं, पुस १७ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा गरेको हो ।
उपत्यका प्रमुख एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्