जनता टाइम्स

१७ पुष २०८१, बुधबार २०:२४

राखेप उपाध्यक्षदेखि सेजको कार्यकारी निर्देशक नियुक्तिसम्मका यी हुन मन्त्रिपरिषद बैठकका २० निर्णय (सूचीसहित)


काठमाडौं, पुस १७ । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबारको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको हो । रुपन्देहीका आचार्य एमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुनुहुन्छ । यसैगरी बैठकले ऊर्जा विकास मार्गचित्र(२०८१ स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा विकास मार्गचित्र(२०८१ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनामा उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको प्रस्तावमा यो कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको जानकारी दिनुभयो ।

योसँगै सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना तय भएको छ । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी ९पहिलो संशोधन० कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल ९बाजुरा० लाई नियुक्त गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरूवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बूढीगंगा नगरपालिका(६ को एक हजार ७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बूढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बूढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं १ को दुई हजार ७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो ।

हिल्सा–सिमिकोट सडकको सल्लीसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको आठ सय मिटर लम्बाइको सडक निर्माण र चुवा खोलामा बेलीबृज निर्माण कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य (रूपन्देही) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अप्पर देउमाई खोला साना जलविद्युत् आयोजना निर्माणका लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव ८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ । कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्नेसमेत निर्णय भएको मन्त्री गुरूङले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिनेनिर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले बताउनुभयो । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।