काठमाडौं,पुस १८ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखकले बुधवार पाँच जना एसएसपीको सरुवाको निर्णय गर्नुभएको हो । मन्त्री लेखकको निर्णयअनुसार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ ।
यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा भूपेन्द्र खत्री र जिल्ला प्रहरी परिसर ललितपुरमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ ।
यस्तै ललितपुरका प्रमुख शेखर खनाललाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्