काठमाडौं, पुस १८ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पासाङ राजनीतिमा फर्कनुभएको छ । राजनीतिमा फर्कने निर्णय लिएर पुन आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी हुनुभएको छ ।
पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी हुनुभएको हो ।
उपराष्ट्रपतिको जिम्मेवारी सकिएलगत्तैबाट पुन सक्रिय राजनीतिमा फर्कने अभियानमा रहनुभएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सहमति जनाएपछि उहाँ स्थायी समिति बैठकमा सहभागी हुनुभएको हो । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । पूर्वउपराष्ट्रपति पुन अध्यक्ष दाहालका विश्वासपात्र मानिनुहुन्छ ।
पुनलाई पार्टीमा भित्र्याउँदा नेतृत्व समूहमा आफ्नो पक्ष बलियो हुने कारणले दाहालले उपाध्यक्ष बनाउने योजना अघि बढाउनु भएको हो । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका पुन पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्