जनता टाइम्स

१८ पुष २०८१, बिहीबार २१:३५

नेपाल प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस


काठमाडौं, पुस १८ । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश हुनुभएको छ ।

गृह मन्त्रालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डिआइजीमा बढुवाका लागि सिफारिश गरेको हो ।

बढुवा सिफारिश हुने पाँचै जना एसएसपीहरु २०५४ चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जाबाट सेवा प्रवेश गर्नुभएको हो । बढुवाको पहिलो नम्बरमा कार्की पर्नुभएको छ ।