काठमाडौं, पुस १९ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाउनु भएको हो । सातवटै महादेशका सर्वोच्च शिखर आरोहणसमेत गसिक्नु भएका शेर्पालाई विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका हुन ।
त्रिभुवन विमानस्थलमा स्वागत गरेपछि शेर्पालाई नगर परिक्रमा गराइएको थियो । स्वदेश आएपछि उहाँले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताउनु भयो ।
हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरू नेपालमा भित्र्याउन पाए थप खुसी महसुस हुने शेर्पाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्