काठमाडौं, पुस १९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।
काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रमबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा. विन्दु शर्माले पोखरेलको पुस्तक बिमोचन गर्नुभयो ।
पुस्तकमाथि समीक्षा समेत भएको छ । समीक्षा गर्ने क्रममा एमाले नेता ज्ञवालीले पुस्तकमा आमासँगका सस्मरण मात्र नभइ गएको सय वर्षको नेपाली समाजको चित्र जोडिएको बताउनु भयो । ‘अहिले आमाहरु कसरी एक्लोपनमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ र अर्को बन्दै गएको ईश्वर पनि पुस्तकमा छ’, ज्ञवालीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्