जनता टाइम्स

१९ पुष २०८१, शुक्रबार २०:१७

राजनीतिकर्मीका सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पुर्याउँछ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, पुस १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिकर्मीका साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पुर्याउने बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताउनु भयो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाद पनि भएको उहाँको भनाई छ ।

’प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो, साहित्य समाजको दर्पण मात्र होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण माध्यम पनि हो, साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाद समेत हो, सामाजिक आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरुद्धारा गरिने साहित्य सृजना पनि अन्तत सामाजिक परिवर्तन कै अभियानलाई थप बल पुर्याउछ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।