काठमाडौं, पुस २१ । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरम अवसरवादी चरित्र, आडम्बर र द्धैध तथा अस्थिर चरित्रका कारण सत्ता समिकरण फेरबदल गर्नुपरेको किटानी गरेको छ ।
केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा यस्तो निश्कर्ष राखिएको हो ।
‘माओवादीसँगको सहकार्यलाई प्रभावकारी, परिणाममुखी र सफल बनाउँदै मुलुकलाई नयाँ पनकास दिने हाम्रो इमान्दार प्रयत्न थियो । सातौं बैंकका निर्णयहरुमा हाम्रा तिनै भावनाहरु प्रतिबिम्बित भएका छन । तर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मा हाबी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, सुशासन र बिकाश तथा जनतामा आशा भरोसा जगाउने हाम्रो इमान्दार प्रयाश सफल हुन पाएन । त्यसपछि गत असारदेखि नयाँ राजनीतिक यात्रा प्रारम्भ भएको छ,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यस बैठकमा हामी यस राजनीतिक यात्राको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु, मुलुकको राजनीतिमा देखापरेका नयाँ चुनौती, बदलिँदो बिश्व परिवेश र भूराजनीतिक तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि हामीले गर्नुपर्ने कामहरुको प्राथमिकतामा केन्द्रित रहेर गम्भीर छलफल गर्नैछौं ।’
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तात्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको गलत नीति र क्रियाकलापका कारण बाह्य सम्बन्धमा झनै ठैलो बिचलन आउन थालेको र समाजमा चरम नैराश्य देखा परेकोले उल्लेख गर्नुभएको छ । ‘परिवर्तनबिरोधी शक्तिहरु खुलेआम संबिधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको बिरोधमा उत्रिने र दिनै तोकेर ‘राजा फर्काउने’ अभिब्यक्ति दिन थाले,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्